
दमौली: तनहुँका फोटो व्यवसायीले अनलाईन फार्ममा फोटो खिच्न पाउनुपर्ने माग गरेका छन् ।
फोटोग्राफी व्यवसाय गर्दै आएका व्यवसायीको संस्था फोटोग्राफर एसोसिएसन तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पठाउँदै अनलाइन प्रणालीबाट फर्म भरेर फोटो खिच्ने व्यवस्थाले व्यवसाय धरापमा परेको भन्दै व्यवसायीले आफैं अनलाइनबाट गुणस्तरीय फार्म भर्न मिल्ने व्यवस्था गर्न माग गरेका छन्।
संघका सदस्य अश्विनकिशोर श्रेष्ठले प्रशासन र मालपोत लगायत कार्यालयमा गरिएको यस्तो व्यवस्थाले व्यवसाय धराशायी हुन लागेकाले विकल्प दिन माग गरिएको बताए ।
तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, पुर्व प्रथम उपाध्यक्ष इश्वर बहादुर विष्ट लगायत फोटोग्राफर एशोसियसन तनहुँको अध्यक्ष बलभद्र श्रेष्ठ, उपाध्यक्ष अलोक हिमाल, सह-सचिव दिपक खाती, सदस्य अस्विन किसोर श्रेष्ठको उपस्थितिमा एशोशियसनका अध्यक्ष बलभद्र श्रेष्ठ द्वारा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र प्रस्तुत गरिएको संघले जनाएको छ ।
