दमाैली बजार एकाईकाे २६ औं साधारणसभा

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमाैली बजार एकाईकाे २६ अाैं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । तनहुँ उद्योग वाणिज्य संघको सभाहल दमाैलीमा भएको साधारण सभाको उद्घाटन गर्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले  व्यवसायीक हकहित सँगै मानविय सामाजिक काम गर्न दमाैली बजार इकाई सफल भएको बताए ।

काेभिडका बेला स्वास्थ्य सँग सम्बन्धित कामहरू गरेर इकाइले नमुना काम गरेको श्रेष्ठले बताए । उनले तनहुँ लगानी सम्मेलन छिट्टै तनहुँमा गर्ने याेजना बनाएको जानकारी दिए ।

यस्तै, श्रेष्ठले सीपमुलक तालिमहरूले आयश्राेत बढाउन मद्दत पुग्ने हुँदा किसिमको तालिम आवश्यक पर्ने बताए । एकाईका सभापति भुपाल अालेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा  संघका पूर्व अध्यक्ष अशाेककुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय तनहुँका एसपी राजेन्द्र बाबू रेग्मी, व्यास ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेल , महिला उद्यमी विकास समितिका सभापति  सकुन्तला अाले , महिला उद्यमी संघ नेपाल तनहुँ कि अध्यक्ष  निर्मला मल्ल, दुर्गाविलास भट्टराई , कविराज श्रेष्ठ , भिमलाल श्रेष्ठ , विष्णुकुमार श्रेष्ठ लगायतले व्यवसायी हरू एकजुट हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा  इकाईका सचिव माधव न्याैपानेले इकाईले गरेको कामका बारेमा जानकारी गराउँदै काेभिड १९ का कारण अाँफुहरूले साेचेअनुसारकाे काम गर्न नपाएको बताए । काेभिडकाे  अफ्ट्यारोमा पर्दापर्दै पनि इकाईले अगाडिको लाइनमा बसेर काम गर्ने सुरक्षाकर्मी लगायत स्वास्थ्यकर्मी हरूलाई हाैसला प्रदान गर्न माइकिङ , सुचना सम्प्रेषण , खाजा पानि लगायतको  व्यवस्थासँगै  स्वास्थ्य सामाग्री सहयोग गरेको बताए । प्रत्यक्ष भेटघाट , छलफल गर्न नसक्ने अवस्थामा भर्चुअल बैठक गरि समितिले अावस्यक निर्णय गरेको र भएको निर्णयलाई सबै माझ पुर्याउन भर्चुअल माध्यमबाटै तालिम गरेकाे उनले बताए ।

संघले  कर सम्बन्धि तालिम , सदस्यता नविकरण , बाढिपीडित लाई राहत संकलन , सिसि टिभी क्यामराकाे सहि व्यवस्थापन काे लागि सुरक्षा निकाय सँग समन्वय गर्दै थप प्रभावकारी कसरी गराउन सकिन्छ भनेर छलफल गरेको न्याैपानेले जानकारी दिऐ । इकाई उपसभापति राजेश मल्लले स्वागत गरेको साधारणसभामा सभापति राकु श्रेष्ठ र सचिव माधव न्याैपानेले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी