बन्दीपुरमा अंग्रेजी नयाँ वर्षमा विविध सांस्कृतिक कार्यक्रमको तयारी

  • ख-
  • ख+

विकास खनाल
बन्दीपुरः
अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा तनहुँको बन्दीपुरमा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्धेश्यले विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएको क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । ‘बन्दीपुर पर्यटकीय क्षेत्र हो , यो तनहुँको पुरानो सदरमुकाम पनि हो , सँगसँगै यो पहाडकी रानीले चिनिन्छ , विविध क्षेत्रबाट प्रख्यात रहेको भए पनि पछिल्लो समय कोभिड १९ का कारणले यहाँको पर्यटन क्षेत्र सिथिल छ’ , अध्यक्ष प्रधानले भने ।

‘यहि सिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउन पनि हामीले अंग्रेजी नयाँ बर्ष बनाउन लागेका हौं ।
अंग्रेजी नयाँ बर्षको अघिल्लो साँझ सुरु हुने कार्यक्रम लगातार ३ दिनसम्म चल्नेछ’, उनले भने , ‘हामीले स्थानीय स्तरबाट उत्पादन भएका परिकारलाई प्राथमिकता दिने छौँ ।’

‘तनहुँ जिल्ला भित्र र आसपासका पर्यटकलाई पोखरा जान नपर्ने गरि बन्दीपुरमै रमाइलो गर्ने व्यवस्था गर्न कन्सर्ट समेत राख्ने योजना बनाएका छौँ,’ अध्यक्ष प्रधानले भने ।

‘तनहुँ जिल्ला भित्र र आसपासका पर्यटकलाई पोखरा जान नपर्ने गरि बन्दीपुरमै रमाइलो गर्ने व्यवस्था गर्न कन्सर्ट समेत राख्ने योजना बनाएका छौँ,’ अध्यक्ष प्रधानले भने । तनहुँलाई पर्यटकीय गन्तव्य बनाउने र स्थानीय कलाकार र संस्कृतिलाई प्रोत्साहन गर्ने कार्यक्रमको अर्को उद्देश्य रहेको प्रधानले बताए ।

बन्दीपुर पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई र क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाईको संयुक्त आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा सडकमै खाऔँ , सडकमै रमाऔं नारालाई मुख्य रूपमा राखिएको छ ।

‘बन्दीपुरका कलात्मक घर हरू , प्राकृतिक रमणीय बाताबरण त्यसमै अर्गानिक खानाहरूले पर्यटकहरू खुसि बनाउने लक्ष्य लिएका छौँ ,’ बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले भने ।

‘नाचौँ , खाऔं , रमाऔं , रमाइलो सांस्कृतिक कार्यक्रम हेर्न बन्दीपुर अवस्य आऔं , हामीलाई स्वागत गर्न आतुर छौं,’ उद्योग वाणिज्य संघ बन्दीपुर सभापति घनश्याम उपाध्यायले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्