डोवाटेलाई आन्तरिक मामिला मन्त्रालय

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका बिनाविभागिय मन्त्री डोवाटे विकले आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

दुई महिना बढी समय बिनाविभागीय रहेका विकले मुख्यमन्त्रीको जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।

यस अघिको सरकारमा माओवादीको भागमा रहेको मन्त्रालय कांग्रेस नेतृत्वको गठबन्धन सरकार बने पछि मुख्यमन्त्रीकै भागमा परेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पिता प्रजातन्त्र सेनानी गोवद्र्धन शर्मा पोखरेलले राजनैतिक कालमा संरक्षण गर्दै आएको परिवारका सदस्य विकलाई आफ्नो जिम्मेवारीमा रहेको महत्वपूर्ण आन्तरिक मामिला मन्त्रालय सुम्पिएर यस अघिको प्रतिवद्धता पूरा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्