
दमौली: नवयुवा क्लब व्यास १ हाइस्कुलटारको आयोजनामा यहि पौष १५ देखि १७ गते सम्म हाइस्कुलटारमा ३ दिने मेला हुने भएको छ ।
स्थानीयस्तरमा उत्पादित कृषि , फलफुल लाई हाट बजार रुपमा विकसित गराउने र कला संस्कृतिको सरक्षण गर्ने लक्ष्यका साथ सो मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिए ।
मेलामा स्थानीय कलाकारको प्रस्तुति , भलिबल , महिलाको लागि घैटो फुटाइ , पुरुषको लागि डोरि तान्ने र बालबालिकाको खेल र विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ । सो मेलामा राष्ट्रिय कलाकार प्रीति आले, राम्जी खाँड र पशुपति शर्माको समेत प्रस्तुती रहनेछ ।
करिब ८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाका लागि वैदेशिक रोजगारमा रहेका क्लबका सदस्यहरु, टोल विकास सस्था , विभिन्न सघ सस्था, स्थानीय व्यक्ति , व्यापारिक संघ सस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।
झाकी र्याली समेत प्रस्तुत गरिनेछ भने उक्त मेलाको उद्घघाटन पूर्व मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गर्ने भएका छन्। करिब १० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजकले बताएका छ्न भने मिडिया पार्टनरको रुपमा दमौली न्युज ड्ट कम रहेको छ ।