बीउ व्यवसायी संघको केन्द्रीय उपाध्यक्षमा मिश्र निर्वाचित

  • ख-
  • ख+

दमौलीः नेपाल बीउ व्यवसायी संघको २३ औ केन्द्रीय महाधिवेशनबाट संघका जिल्ला अध्यक्ष बैकुण्ठनाथ मिश्र उपाध्यक्षमा निर्वाचित भएका छन् ।


हालै राजधानीमा सम्पन्न अधिवेशनले मिश्रलाई उपाध्इक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनबाट वसन्त मरहठ्ठा अध्यक्ष चुनिएका छन् । यसैगरी, सुरेश गुरुङ वरिष्ठ उपाध्यक्ष, मिश्रसँगै छोटेलाल प्रसाद र केदार खड्का उपाध्यक्ष निर्वाचित भएका छन् ।

विश्वराज बानियाँ महासचिव भएको नवनिर्वाचित उपाध्यक्ष मिश्रले जानकारी दिए । अब पेशागत हकहितका सवालमा प्रभावकारी भूमिका खेल्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्