नवनिर्वाचितलाई एकमुष्ठ बधाई दिंदै पौडेलले भने, ‘राजनीतिमा मेरो विश्राम होइन, अल्पविराम’

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिंदै आफू विचलित नभएको उल्लेख गरेका छन् ।

साँझ एक विज्ञप्ति जारी गर्दै उनले महाधिवेशनले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा र लोकतन्त्रको प्रयोगका अलावा नयाँ दिशा दिने काम हुने विश्वास गरेका छन् ।

‘साथीहरुले जोगिनुपर्छ भनेकाले चुनाव लडिन’
पौडेलले बधाईका लागि दिएको सन्देशमा चुनावका क्रममा साथीहरुले ‘रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेकाले प्रतिष्पर्धाबाट अलग रहेको’ उल्लेख गरेका छन् ।

उनले चुनावमा नलड्नु राजनीतिमा आफ्नो विश्राम नभै अल्पविराम भएको उल्लेख गर्दै निष्क्रिय हुने हल्लालाई चिरेका छन् ।

पौडेलले आगामी चुनावमा पार्टीका नीति र विचार जनतासमक्ष पुर्याउने र मन जित्ने चुनौति रहेको भन्दै सद्भाव र एकतालाई मजबुत पार्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्