इनरह्वील क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा

  • ख-
  • ख+

दमौली: इनरह्वील क्लब दमौलीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

क्लबले व्यास ९ स्थित लक्ष्मी आधारभुत विद्यालयमा अध्यनरत ७३ जना छात्रछात्रालाई विद्यालय पोशाक स्विटर तथा जुत्ता वितरण गरेको क्लबकी अध्यक्ष मन्जु थापाले बताइन् ।


ती सामग्री व्यास ९ का वडा अध्यक्ष शुरेस थापामार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त पौडेललाइ हस्तान्तरण गरिएको अध्यक्ष थापाले बताइन् ।

‘सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत सहयोग गरेका हौं, हाम्रो सानो सहयोगले सानासाना बाबू नानीलाई चिसोबाट बच्ने वातावरण बन्छ भने किन सहयोग नगर्ने ?’ अध्यक्ष थापाले भनिन् ।


क्लबले यसअगाडि पनि विभिन्न ठाउँमा विभिन्न सहयोग गर्दै आएको छ । क्लबले समाजिक क्षेत्रमा पछिल्लो समय सहयोगका कार्यक्रम बढाउँदै लगेको छ ।

सामग्री सहयोग गरेकोमा विद्यालयका अध्यक्ष पौडेल तथा प्रधानाध्यापक रमेशचन्द्र आचार्यले क्लब परिवारलाई धन्यवाद दिएका छन् ।

सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष आशा बानियाँ, पूर्व अध्यक्ष निर्मला मल्ल, सरू श्रेष्ठ , उपाध्यक्ष शर्मिला श्रेष्ठ, सचिव प्रमिला श्रेष्ठ , कोषाध्यक्ष नारायणी मल्ल लगायतको उपस्थिति थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी