अखिल क्रान्तिकारीमा तनहुँका अरविन्द्र र गोम केन्द्रीय सदस्य

  • ख-
  • ख+

दमौलीः सत्तारुढ दल नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा तनहुँका दुई विद्यार्थी नेता अटाएका छन् ।


राजधानीको कमलादीमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि बुधबार बसेको पहिलो पूर्ण बैठकले यस अघि आरआर क्याम्पस एकाई अध्यक्ष रहिसकेका अरविन्द्र भट्टराई र नेता गोम रानालाई मनोनित गर्ने निर्णय गरेको हो ।

भट्टराई हाल तनहुँमा पार्टीको राजनीतिमा सक्रिय छन् । राना पनि अखिल हुँदै पार्टीको राजनीतिमा जिल्लामै सक्रिय छन् ।

यससँगै अखिल क्रान्तिकारीको कार्यसमिति २९९ सदस्यीय भएको छ । २२ औं राष्ट्रिय सम्मेलन असोज १३, १४ र १५ मा भए पनि आन्तरिक विवादले गर्दा तीन महिना पछि मात्र नवनिर्वाचितले सपथ ग्रहण गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्