
दमौलीः राजधानीमा जारी मतगणना परिणाममा दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गण्डकी प्रदेशका मन्त्री डोवाटे विक अन्तिम छ मा समेटिएका छन् ।
पाँच जना सदस्यका लागि भएको निर्वाचनमा छैठौं स्थानमा रहेका विक र पाँचौं स्थानमा रहेका उम्मेदवारबीच करिब ६० बढी अन्तर छ ।
केही मत गन्न बाँकी रहँदा अप्रत्यासित अग्रता लिए मात्र उनी केन्द्रीय सदस्य निर्वाचित हुने आँकडाले देखाएको छ । उनी संस्थापनइतरको सेखर प्यानलबाट चुनाव लडेका थिए ।
यस्तो छ ताजा अवस्था
४०१५गन्दा
केन्द्रीय सदस्य दलित(खुल्ला)५सिट
१.मान ब.नेपाली –१९६६
२.प्रकाश रसाईली स्नेहि–१९०५
३.नृप ब.वड–१८६६
४.हरिशरण नेपाली–१७६७
५.मैकुलाल वाल्मीकि–१५८४
६.डोवाटे विश्वकर्मा–१५१५
केन्द्रीय सदस्य दलित(महिला)४सिट
१.लक्ष्मी परियार–२०६२
२.सुजता परियार–२००१
३.शान्ति परियार–१८७६
४.रुपा विक–१७२२
५.कविता कुमारि सरदार–१३८३