
दमौली: सन २०२१ काे जिल्लाको मानवअधिकार अवस्था तथा मानव अधिकार वर्ष पुस्तक २०२२ पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अनाैपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) काे अायाेजनामा दमाैलीकाे टास्क भिलेजमा अायाेजित समीक्षा कार्यक्रममा मानवअधिकारकाे बारेमा विविध छलफल भएको थियो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानवअधिकार सँगसँगै प्रशासनले शान्ति सुरक्षालाई जाेड दिने बताए ।
मानवअधिकार सञ्जालका अध्यक्ष बसुन्धरा घर्तीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , नेपाली काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ , प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कि , हरिराज कँडेल लगायत स्वास्थ्य क्षेत्रका , मानवअधिकार क्षेत्र , नेपाल बार र पत्रकारहरूकाे सहभागीता रहेको थियो ।
इन्सेक प्रतिनिधि प्रकाश चन्द्र भट्टराईले जिल्लाकाे मानवअधिकारकाे अवस्थाकाे बारेमा प्रकाश पारेको उक्त कार्यक्रममा बक्ताहरूले नागरिककाे मानवअधिकारको बारेमा छलफल गरेका थिए । राजनितीक अधिकार देखि बाल अधिकार , शिक्षा , स्वास्थ्य अार्थिक , सामाजिक , सांस्कृतिक अधिकार , खाद्यकाे अधिकार , महिला अधिकार , जातीय विभेद बिरूद्धकाे अधिकारका बारेमा उक्त अवसरमा छलफल भएको इन्सेक प्रतिनिधि भट्टराईले बताए ।