विप्लवकाे संगठन सुदृढीकरण तथा पार्टी विस्तार अभियान

  • ख-
  • ख+

विकास खनाल

दमौली: नेपाल कम्युनिस्ट पार्टी ( विप्लव ) ले संगठन सुदृढीकरण तथा विस्तार अभियान लाइ तीव्रता दिएको छ ।

राजनैतिक, वैचारिक प्रशिक्षण र संगठन सुदृढ तथा विस्तारित अभियानका बारेमा साेमबार दमौलीमा  प्रशिक्षण दिइएको नेकपा व्यास नगर इन्चार्ज अाेमविक्रम पन्तले बताए ।

प्रशिक्षण नेकपा सचिवालय सदस्य सन्तोष बुढा , केन्द्रीय सदस्य सावित्री दुरा  लगायतका नेताले दिएका थिए ।

जनमत संग्रह , वैज्ञानिक समाजवाद तथा  एकीकृत जनक्रान्तिका बारे पार्टीको स्पस्ट धारणाका बारेमा नेता बुढाले प्रस्ट्याएका थिए ।

झण्डै १ सय जना पार्टीका अगुवा कार्यकर्ता भेला भएको कार्यक्रममा नेकपा का केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला अध्यक्ष पुर्णजित पुन , सचिव एटम , युवा संगठन केन्द्रय सदस्य नेत्र थापा बन्दीपुर गाउँपलिका इन्चार्ज  शिवशंकर अधिकारी, भानु नगरपालिका इन्चार्ज प्रेम शाही, अाबु गाउँपालिका इन्चार्ज गणेश थापा क्षेत्री, विद्यार्थी इन्चार्ज अटल ,  भिमाद गाउँ पालिका इन्चार्ज  खडका , शुक्लागण्डकी इन्चार्ज बिलास लगायतको उपस्थिती रहेको पन्तले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्