
दमौलीः नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट सर्वाधिक मत ल्याएर संवधान सभासद ध्रुव वाग्ले विजयी बने । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमेत चुनाव लडेको १४ औं महाधिवेशनमा उनी लो प्रोफाइलमा रहेर पनि देशैभर सर्वाधिक मत ल्याउनेमा परे । दमौली न्यूजले उनको प्रोफाइल केलाउने प्रयत्न गरेको छ ।
प्रजातान्त्रिक परिवारबाट नेतृत्व यात्रा
साँगेको वाग्ले परिवारमा जन्मिएका ध्रुवको पारिवारिक वातावरण नै कांग्रेसमय थियो । उनका पिता केशव वाग्ले सामाजिक सुधारक र कांग्रेसका अगुवा नेतामा चिनिन्थे । उनीबारे प्रजातन्त्र सेनानी गोवद्र्धन शर्मा पोखरेलले आफ्नो आत्मवृतान्तमा पनि लेखेका छन् ।
२०३९ सालमा शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा विजयी वाग्लेको भाषण गर्ने क्षमतालाई धेरैले प्रशंसा गरेका थिए ।
ध्रुव २०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा औपचारिक रुपमा कांग्रेस राजनीतिमा जोडिए । त्यतिखेर उनी नेविसंघको केन्द्रीय सदस्य थिए । त्यसपछि २०४६ अनि ६२।६३ को आन्दोलनका क्रममा तनहुँमा उनको महत्वपूर्ण भूमिका रह्यो ।
२०३९ सालमा शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा विजयी वाग्लेको भाषण गर्ने क्षमतालाई धेरैले प्रशंसा गरेका थिए ।
भाषणमा पकड
उनले धेरै शीर्ष नेताको चुनावी सभामा भाषण गरेर मतदाता आकर्षित गर्ने काम गरे । गिरिजाप्रसाद कोइराला समेत सहभागी सभामा उनले दिएको भाषणलाई धेरैले चर्चा गर्ने गरेका छन् ।
हक्की स्वभावका र नेताहरुलाई कन्भिन्स गर्न सक्ने स्वभावका कारण फरक राजनैतिक धारकालाई पनि विश्वासमा लिन सक्ने नेताका रुपमा उनी चिनिन्छन् ।
२०४८ सालयता निरन्तर महासमिति सदस्य रहेका उनी कांग्रेस तनहुँको सभापति पनि निर्वाचित भए । उनकै पालामा बीपी स्मृति भवनले हालको आकार ग्रहण गर्यो ।
गिरिजाप्रसाद कोइराला समेत सहभागी सभामा उनले दिएको भाषणलाई धेरैले चर्चा गर्ने गरेका छन् ।
संविधान सभा सदस्यका रुपमा समेत उनले सेवा गरे । यस अघि उनी कांग्रेस केन्द्रीय समितिमा आमन्त्रित सदस्य थिए ।
हक्की स्वभाव
शुरुदेखि नै शेरबहादुर देउवानिकट भएर कांग्रेस प्रजातान्त्रिकमा लागे पनि पार्टी एकिकरण भए पछि उनी कांग्रेसमा नै रहे । हक्की स्वभावका र नेताहरुलाई कन्भिन्स गर्न सक्ने स्वभावका कारण फरक राजनैतिक धारकालाई पनि विश्वासमा लिन सक्ने नेताका रुपमा उनी चिनिन्छन् ।
त्यहीकारण केन्द्रमा फरक धारका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत आफ्ना कुरामा विश्वासमा पार्न सक्ने नेताका रुपमा उनी चिनिन्छन् ।
विशिष्ट भाषण र नेतृत्व क्षमता भए पनि हाइप्रोफाइल नेताहरुको दबदबा भएको तनहुँमा उनलाई निर्वाचित केन्द्रीय सदस्य हुन ४२ वर्ष कुर्नु पर्यो ।