नेपाली कांग्रेस महाधिवेशनः जीतको नजिक मुख्यमन्त्री नेपाली र संविधान सभासद वाग्ले (अपडेटसहित)

  • ख-
  • ख+

दमौलीः राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत गण्डकी प्रदेशतर्फका खुला केन्द्रीय सदस्यको मतगणनामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संविधान सभासद ध्रुव वाग्ले जीतको नजिक देखिएका छन् ।


शुरुदेखि नै लगातारको अग्रता र फराकिलो अन्तरले उनीहरु दुवै जीतको नजिक देखिएका हुन् ।

मुख्यमन्त्री नेपाली संस्थापनइतर तथा वाग्ले संस्थापनको खेमाबाट चुनाव लडेका थिए । संस्थापनको खेमाका अर्का उम्मेदवार शोभियत अधिकारी तल रहँदा इतरका नेपाली दोश्रो स्थानमा छन् ।


कुल ३४६८ मत प्रदेशका लागि केन्द्रीय सदस्यमा खसेको थियो ।
उम्मेदवारले पाएको पछिल्लो मत यस्तो छ ।

कुल गणना मत ३४६८
ध्रुव वाग्ले. २०४९
कृष्णचन्द्र नेपाली . १७१९
रेशम बानियाँ १४२७
सोभियत अधिकारी १४९४

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्