दृष्टिविहीनको हकहित सम्बन्धमा सार्वजनिक सुनुवाइ

  • ख-
  • ख+

दमौलीः दृष्टिविहीनको हकहित सम्बन्धमा दमौलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । दृष्टिविहीनको हक अधिकारबारे वकालत गर्दै दृष्टिवहीनको पुनस्र्थापनाका क्षेत्रमा कृयाशिल नेपाल नेत्रहीन संघको आयोजनामा सार्वजनिक सुनुवाइ भएको हो ।


सार्वजनिक सुनुवाइ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल , भानु नगरपालिकाका मेयर उदयराज गौली, आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, भिमाद नगरपालिकी उप प्रमुख सारदा खनाल, जिल्ला समन्वय अधिकारी प्रेम गिरी, प्रहरी निरीक्षक कुमार गुरूङ, कृष्णप्रसाद अधिकारी लगायतले अपांग भएका ब्यक्तिको अभिलेख राख्ने व्यवस्था,
अपांगता भएका व्यक्तिको अधिकारबारे बोलेका थिए ।

उनीहरुले निःशुल्क शिक्षा उपलब्ध गराउने सम्बन्धमा, निःशुल्क रूपमा उच्च शिक्षा उपलब्ध गराउने सम्बन्धमा , व्यवसायिक तालिम तथा स्वरोजगारका बारेमा , पुनर्सस्थापना सम्बन्धी व्यवस्था तथा पुनस्र्थापना कोष र, सामाजिक सुरक्षाका बारेमा समीक्षा तथा छलफल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्