
दमौलीः नेपाली कांग्रेसका नेता एवं संविधान सभासद ध्रुव वाग्ले सर्वाधिक मत ल्याएर गण्डकी प्रदेशतर्फको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
राजधानीको सानेपामा भएको गण्डकीतर्फको खुला केन्द्रीय सदस्यको मतगणनामा वाग्लेले सबैभन्दा धेरै मत पाएर चुनाव जितेका हुन् ।
वाग्लेले कुल गणना भएको ४६६४ मत मध्ये
२७२० मत पाए । यो गण्डकीमा सदस्यमा विजयी मध्ये सर्वाधिक मत हो ।
केन्द्रीय सदस्यमा विजयी मुख्यमंत्री कृष्णचन्द्र नेपालीले
२३०६ मत पाउँदा प्रत्यासी सोभियत अधिकारीले २०३४
र रेशम बानियाँले १९३८ मत पाए ।
शुरुदेखि नै सबै प्रत्यासीभन्दा अग्रस्थानमा रहेका उनी संस्थापनबाट चुनाव लडेका थिए ।
संस्थापनकै अर्का प्रत्यासी सोभियत अधिकारी तल रहँदा उनले चुनाव जितेका हुन् ।
यस अघिका आमन्त्रित सदस्य उनी संविधान निर्माणमा पनि संविधान सभासदको भूमिकामा थिए ।