नेपाली कांग्रेस महाधिवेशनः गण्डकीका मुख्यमन्त्री नेपाली केन्द्रीय सदस्य निर्वाचित

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । राजधानीको सानेपास्थित पार्टी कार्यालयमा भएको मतगणनामा प्राप्त मतान्तरका आधारमा उनी विजयी भएका हुन् ।


संस्थापनइतर खेमाबाट चुनाव लडे पनि संस्थापनका ध्रुव वाग्लेसँगै उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

नेपालीले  कुल गणना भएको ४६६४ मत मध्ये
२३०६ मत पाए । यो गण्डकीमा सदस्यमा विजयी मध्ये दोश्रो अधिक मत हो । केन्द्रीय सदस्यमा विजयी ध्रुव वाग्लेले २७२०
मत पाउँदा प्रत्यासी सोभियत अधिकारीले २०३४
र रेशम बानियाँले १९३८ मत पाए ।


शुरुदेखि नै वाग्लेभन्दा केही तल रहेका नेपालीले बाँकी प्रत्यासी शोभियतबहादुर अधिकारी र रेशम बानियाँलाई पछि पारेका थिए ।

उनी पदमा बहाल रहेर पार्टी केन्द्रीय सदस्य निर्वाचित हुने मुख्यमन्त्री भएका छन् । संस्थापनइतरको बलियो मत रहे पनि नेपालीले भने शुरुदेखि नै लोकप्रिय मतका साथ अग्रता लिएर जित निश्चित गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्