
दमौली: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश तर्फको केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका मुख्यमंत्री कृष्णचन्द्र नेपाली पोखरेल र नेता ध्रुव वाग्लेको निरन्तर अग्रता देखिएको छ ।
संस्थापनबाट चुनाव लडेका वाग्लेले 1131 र इतरका उम्मेदवार नेपालीले 941 पाएर निरन्तर जिततर्फको यात्रा अघि बढाएका छन् ।
