
दमौलीः प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको ७० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेका आयोजकले दावी गरेको छ ।
व्यास नगरपालिका ५ को पाटनमा आयोजित महोत्सवको उक्त दर्शकले अवलोकन गरेका हुन । पाटन युवा क्लबका अध्यक्ष अमर थापाले ७० हजार दर्शकले महोत्सवको अवलोकन गरेको दावी गरे । महोत्सव अवधिभरमा ६५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको जानकारी उनले दिए ।
महोत्सव सोचे भन्दा बढी सफल भएको दावी उनले गरे । महोत्सव सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई महोत्सवका संयोजक पवन चुमी थापा मगरले धन्यवाद दिए । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, वैदेशिक रोजगार प्रबद्र्धन सम्बन्धी परामर्श, निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा, होटल, भाडा, ढाका कपडा र रमाइलो मेला महोत्सवको आकर्षण बनेको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए ।
विज्ञान प्रदर्शनी, सिताके च्याउ, बोटे जातिको परम्परागत घर, च्याउको मःमः दर्शकको रोजाइ बनेको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।
महोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आइतबार समापन गरे । उनले यस्ता महोत्सवले आथिक, सामाजिक, सांस्कृतिक, धार्मिक क्षत्रको विकासमा टेवा पु¥याउने बताए । नगरपालिकाले व्यास, पराशरमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न यस वर्ष व्यास झुलाका लागि ५० लाख विनियोजित गरिएको जानकारी उनले दिए ।
पाटनबाट मानुङ जोड्ने गरी फाइभ स्टार होटल सहित केबलकार संचालनका लागि ४ अर्ब रुपैयाँको प्रस्ताव कम्पनीहरुबाट पेश गरिएको उनले बताए ।
महोत्सव समापन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँकी अध्यक्ष बुसन्धार घर्ती, महोत्सवका संयोजक पवन चुमी थापा मगर, पाटन युवा क्लबका अध्यक्ष अमर थापा, नन्दु थापा मगर, लगायतले महोत्सव सफल पु¥याउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए ।