नेपाली कांग्रेस महाधिवेशनः तनहुँका भट्टराई र भण्डारी केन्द्रीय सदस्य निर्वाचित

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट तनहुँका दुई नेता खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

यस अघि पनि केन्द्रीय सदस्यकै भूमिकामा रहेका नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई र तरुण दलको नेतृत्व सम्हालेका केन्द्रीय सदस्य शंकर भण्डारी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । तीन हजार बढी मतगणना हुँदा दुवै करिब दुई हजार मतको नजिक छन् ।

शुरुवातदेखि नै प्राप्त रुझानले करिब एक हजार मत गन्न बाँकी रहँदै दुवै केन्द्रीय सदस्य चुनिएका हुन् ।

दुवै संस्थापन खेमाबाट उम्मेदवार बनेका थिए । अहिले सानेपास्थित पार्टी कार्यालयमा मतगणना जारी छ ।

संस्थापनइतर खेमाबाट चुनाव लडेका दीपक भट्टराई र आनन्दराज त्रिपाठी दौडमा अटाउन सकेनन् । ३५ जना केन्द्रीय सदस्य चुनिने खुलातर्फको अन्तिम परिणाम केही समयमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्