
दमौली: तनहुँ ख्रिष्टियन समाजकाे अायाेजनामा दमाैलीमा रक्तदान कार्यक्रम भएको छ ।
ईसाइहरूकाे महान पर्व ख्रिष्टमसकाे अवसरमा रक्तदान नैं जीवन दान हाे भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम भएको समाजका अध्यक्ष केवि अालेले बताए ।
रक्तदान सँगै समाजले ७ गते उद्योग बाणिज्य संघको हलमा शुभकामना अादानप्रदान कार्यक्रम राखेको अध्यक्ष अालेले बताए ।
रक्तदान ४२ जनाले गरेका छन् । त्यसअघि कार्यक्रमकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले सुभारम्भ गरेका थिए ।