
दमौली । शनिबार दिउसो दुर्घटनामा परी घाईते भएका तनहुँका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास न.पा.–२ मालेबगर बस्ने बर्ष ६० को खड्गबहादुर लामा रहेका छन् । पृथ्वीराजमार्ग खण्डमा पर्ने व्यास न.पा.–१ सिमलटारमा डुम्रेबाट दमौली जाँदै गरेको ग १९ प ८५६४ न.को स्कुटर र बिपरित दिशाबाट जादै गरेको ना ७ ख ६४०७ न.को बस एक आपसमा ठक्कर खाँदा स्कुटर चालक लामा घाईते भएका थिए । दमौली स्थित रत्नहरी अस्पताल दमौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा पठाइएको उनको शनिबार साँभ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।