कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: तनहुँका २ उम्मेदवार रिङभित्र २ बाहिर

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको खुलातर्फको ३५ सिटका लागि राजधानीमा जारी मतगणनामा तनहुँका दुई उम्मेदवार केन्द्रीय सदस्य निर्वाचित हुने करिब निश्चित देखिएको छ ।

तर, दुईजना भने दौडबाट बाहिर देखिएका छन् ।

केन्द्रीय सदस्य उम्मेदवारद्वय गोविन्द भट्टराई र शंकर भण्डारी आकर्षक मतका साथ दौडमा माथि छन् । डा. शशांक कोइरालाले सर्वाधिक मत पाउँदा शीर्ष मत पाउनेमा भट्टराई र भण्डारी दुवै परेका छन् ।

तर, खुलातर्फ नै लडेका दीपक भटटराई र आनन्द त्रिपाठीले अन्तिम ३५ मा पर्न अब अप्रत्याशित अग्रता लिनुपर्नेछ । हालसम्म निर्वाचन समितिले उपलब्ध गराएको परिणाम यस्तो छ ।

  • शशांक कोइराला-८८२
  • बालकृष्ण खाँण-७९७
  • उदयशमशेर राणा -७५१
  • रमेश लेखक-७०३
  • दिलेन्द्रप्रसाद बडु-६८५
  • बलबहादुर केसी-६९८
  • मोहनबहादुर बस्नेत -६९१
  • ज्ञानेन्द्रबहादुर कार्की-६७८
  • गोपालमान श्रेष्ठ -६५७
  • एनपी साउद-६१३
  • दिनेश कोइराला -६१३
  • रामशरण महत-६०९
  • अर्जुननरसिङ केसी- ६०२
  • गुरु बराल-६०१
  • सुनिलबहादुर थापा-६००
  • कुन्दनराज काफ्ले-५९९
  • गणेश लामा-५८९
  • जिपछिरिङ लामा-५८८
  • रामहरि खतिवडा-५७८
  • गोविन्द भट्टराई -५६६
  • नैनसिंह महर-५१४
  • जीतजङ्ग बस्नेत-५१३
  • सुरेन्द्रराज पाण्डे-५०१
  • तारणीदत्त चटौत-४६७
  • त्रैलोक्यप्रताप सेन-४६५
  • लोकेश ढकाल-४५५
  • टेकराज पौडेल-४१३
  • मदन अमात्य-४०९
  • पद्यनारायण चौधरी-३९९
  • केदार कार्की-३९६
  • अजयबाबु सिवाकोटी- ३९२
  • मोहन आचार्य-३९०
  • शंकर भण्डारी-३८८
  • धावा गुरुङ-३८६
  • सुरेशचन्द्र चालिसे-३८२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्