दुलेगौंडाः शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा एक स्कुटर दुर्घटनामा परी घाइतेको उपचारका क्रममा ज्यान गएको छ ।

गत मंसिर २२ गते राती अकलाबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १० प ८८५४ नं. को स्कुटरको पछाडीको टायर पन्चर हुँदा घाइते शुनपा ४ दुलेगौंडानिवासी २७ वर्षिया निशा थापाको ज्यान गएको हो ।


दुर्घटनामा घाइते उनको उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्