शुक्ला र म्याग्दे जोड्ने ‘मितेरी पुल’ निर्माण शुरु, गुरूङ र रानाद्वारा शिलान्यास

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
म्याग्दे गाउँपालिका वडा नँ ५ र शुक्लागण्डकी नगरपालिका वडा नं ७ जोड्ने म्याग्दे खोला ( मितेरी ) पक्की पुलको शिलान्यास भएको छ ।

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किशान गुरूङ र म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुलको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै गुरूङले पुल निर्माण भए पछि यसको सुविधाको हिसाबले म्याग्देले बढी प्रयोगमा ल्याउन पाउने र बजारको हिसाबले शुक्लागण्डकिले पाउने बताए ।

‘शिक्षा , स्वास्थ्य , खानेपानी जनताको नैसर्गिक अधिकार हो , यसलाई जसरी पनि शुक्लाले पूरा गर्नुपर्छ भन्दै गर्दा अहिले यातायात पनि अपरिहार्य भएर आयो , थपियो ! त्यसैले यातायात आवतजावतका लागि पनि पुल तत्कालै बनाउन पर्ने आवस्यकता देखियो र दुबै स्थानीय तह मिलेर बनाउन अगाडि बढेउँ गुरूङले,’ भने ।

छिमेकिलाइ अफ्ट्यारो पर्दा छिमेकीले सहयोग गर्नुपर्छ भनेर दुई पालिका जोड्ने पुलमा आधा आधा बजेट बिनियोजन गरिएको उनले बताए ।
शिक्षा बिना जीवन अधेरो हुन्छ , पढ्न जानेउँ लेख्न जानेउँ ,सर्टिफिकेट लिएर बजार पसेउँ तर काम लागेन ! अहिले प्राविधिक शिक्षा समय सापेक्ष भयो , त्यसैले बिक्ने र टिक्ने शिक्षा तर्फ नगरपालिकाले सोचेको उनले बताए ।

म्याग्दे अध्यक्ष रानाले पालिकावासीले सहयोग गरेमा जनप्रतिनिधिले काम गर्न सजिलो हुने बताइन् । यो पुलको आवस्यकताका बारेमा केही मानिसले प्रश्न उठाए , किन चाहिन्छ पुल ? भने , तर कति समस्या छ भनेर स्थानीय बासिलाइ थाहा छ , त्यहि समस्यालाई हेरेर , जनताको दुख बुझेर नै आँफुहरू पुल बनाउन लागेको रानाले बताइन् ।

उनले भनिन्, ‘राजनीतिक दलका प्रतिनिधिहरूले दिएको सकारात्मक सुझावलाई जनप्रतिनिधिको हिसाबले मनन गछौं ।’ रानाले म्याग्दे गाउँपालिका वडा नँ ५ मा मात्रै ११ सय मिटर बाटो कालोपत्रे भएको बताइन् । लागत सहभागिताका आधारमा अहिले गाउँपालिकाले विकासको काम गर्ने गरेको उनले बताइन् ।


असोज ४ गते सम्झौता भइ २०७९ मंसिर ५ गते सम्पन्न गर्ने गरि ठेकदार कम्पनी कश्यप निर्माण सेवा प्रालिसँग सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए ।

कार्यक्रममा म्याग्दे उपाध्यक्ष बालकृष्ण घिमिरेले तोकिएकै समयमा गुणस्तरीय काम हुनुपर्ने बताए । गाउँपालिकामा आम्दानिको श्रोत कम भएकोले जनताको माग अनुसारको काम गर्न नसकिएको घिमिरेको भनाइ थियो । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले कर सहित १ करोड ४० लाख ४३ हजार १ सय ४५ रूपयाँमा पुलको ठेक्का सम्झौता भएको बताए ।

‘लागत सम्झौता अनुसार म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले समान ७० लाख २१ हजार ५ सय ७२ लगानी गर्ने गरि पुल बन्ने भएको हो’, अधिकारीले भने ।

२०७८ असोज ४ गते सम्झौता भइ २०७९ मंसिर ५ गते सम्पन्न गर्ने गरि ठेकदार कम्पनी कश्यप निर्माण सेवा प्रालि सँग सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए । ‘सम्झौता भएको अहिले ३ महिना भएको छ , यसमा किन काम सुरु भएन भन्ने कुरा गाइगुइँ चलेको छ ,’ अधिकारीले भने, ‘अब काम फटाफट हुन्छ र समयमै सकिन्छ ।’

गुणस्तरीय काम हुन र समयमै सक्न दुवै तहका प्राविधिक टिम , जनप्रतिनिधि र वडावासीलाइ सक्रिय भइ सहयोग गर्न अधिकारीले आग्रह गरे । पुलको काम अगाडि बढाउन शुक्लागण्डकि नगरपालिकाले ५० लाख बुझाइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा नेकपा समाजवादी म्याग्देका अध्यक्ष विष्णुकुमार श्रेष्ठ , नेकपा माओवादी केन्द्र म्याग्देका बालकृष्ण श्रेष्ठ, शुक्लागण्डकीका माओवादी नेता मोतिराज गुरूङ, नेपाली काङ्ग्रेस शुक्लाका खड्कसिंह गुरूङ, नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे, म्याग्दे ३ का अध्यक्ष श्रीबहादुर थापा ४ का अध्यक्ष प्रेमबहादुर थापा, ५ का अध्यक्ष शिवबहादुर आले, ७ का अध्यक्ष बसन्त थापा, शुक्ला ७ का अध्यक्ष रामबहादुर थापा, शुक्लागण्डकी नगरपालिका कार्यपालिका सदस्य विष्णुमाया ढकाल, म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य राधा घिमिरे, म्याग्दे गाउँपालिकाका उद्योग प्रमुख प्रदीप न्यौपाने, निर्माण कम्पनी कश्यप निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक माधव घिमिरे लगायतले गुणस्तरीय काम समयमै हुनसक्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी