प्रथम दमौली पाटन महोत्सव : राजु परियार र कमला घिमिरेको धमाकेदार प्रस्तुती

  • ख-
  • ख+

दमौली : प्रथम दमौली पाटन सांस्कृतिक तथा पर्यटन महोत्सवले दर्शको मन जित्दै गएको छ । लामो समय सम्म घरबाट बाहिर निस्कन नपाएको कारणले पनि प्रथम पाटन महोत्सवले दर्शकको मन जित्न र भरपुर मनोरञ्जन दिन सकेको महोत्सव आयोजकले जनाएको छ ।

त्यसै गरी महोत्सवको आज तेस्रो दिन ख्याति प्राप्त लोकदोहोरी गायक राज परियार र छोटो समयमा नै चर्चा कमाउन सफल वाल गायिका कमला घिमिरेको प्रस्तुती रहेको थियो । दुवैको प्रस्तुतीमा दर्शक झुमेका थिए ।

राजु परियार र कमला घिमिरेको दोहोरीमा दर्शकहरुलाई कहिले हँसाएका थिए त कहिले नचाए । महोत्सवमा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । त्यस्तै भोलि महोत्सवको चौथो दिन धिरज राई लगायत अन्य राष्ट्रिय कलाकारहरुको प्रस्तुती संगै स्थानीय कलाकारहरुले पनि मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

पाटन युवा क्लवको आयोजनामा २०७८ मंसिर २४ गते देखि माघ ३ गते सम्म महोत्सव संचालन हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्