नेपाली कांग्रेस महाधिवेशनः गण्डकीको भेलापछि तनहुँका नेताहरु आशावादी (तस्बिरहरु)

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसको १४ औं महाधिवेशनका आकांक्षी केन्द्रीय नेताहरुलाई जिताउन भन्दै गण्डकी प्रदेश समितिले काठमाडौंको सामाखुशीमा गरेको भेलापछि केन्द्रीय नेतृत्वका आकांक्षीहरु आशावादी देखिएका छन् ।


भेलामा तनहुँका नेता एवं महामन्त्री उम्मेदवार प्रदीप पौडेलसँगै केन्द्रीय सदस्य उम्मेदवारहरु गोविन्द भट्टराई, शंकर भण्डारीलगायत उपस्थित थिए ।

यसैगरी गण्डकी भूगोलबाट केन्द्रीय सदस्य उम्मेदवारहरु कांग्रेस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, ध्रुव वाग्ले, दलित उम्मेदवार डोवाटे विक, खस आर्यका उम्मेदवार रामचन्द्र पोखरेल, अपांगताबाट केन्द्रीय सदस्य उम्मेदवार प्रकाश पन्थ, केन्द्रीय सदस्य उम्मेदवार दीपक भट्टराई, आनन्दराज त्रिपाठी, जनजाति उम्मेदवार रेशम गुरुनलगायत उपस्थित थिए ।

तनहुँबाटै आकांक्षी अत्यधिक भएकाले तनहुँमय बनेको भेलाबाट गण्डकी प्रदेशबाट उठेका नेताहरुलाई सघाउने विषयमा जोड दिइएको सहभागी नेताहरुले बताएका छन् ।

यसले नेतृत्व दौडमा उत्रिएका नेताहरुलाई थप आशावादी बनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्