बीउ व्यवसायी संघ तनहुँकाे अध्यक्षमा बैकुण्ठनाथ मिश्र

  • ख-
  • ख+

दमौली:  नेपाल बीउ व्यवसायी संघ तनहुँको अध्यक्षमा बैकुण्ठनाथ मिश्र सर्वसम्वत चयन भएका छन् । समितिको शनिबार सम्पन्न अधिवेशनले मिश्रलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा कुलबहादुर लम्साल, सचिव सुरेशचन्द्र घिमिरे,कोषाध्यक्ष कृष्णचन्द्र कोइराला चयन भएका छन् ।

यस्तै सदस्यहरुमा टिकाराम मग्राती,मुक्तिनाथ पौडेल,पुर्ण बहादुर मगर,सीता न्यौपाने,प्रताप भट्टराई महेन्द्र मिश्र,सुरेन्द्र श्रेष्ठ छन् ।

त्यस अघि भएको उद्घाटन  कार्यक्रममा कृषि सामग्री कंम्पनी लिमिटेड दमौलीका शाखा प्रवन्धक दिनेश शर्माले कृषिलाई बढावा दिनको लागि बीउ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी ,  नेपाल बीउ व्यवसायी संघका केन्द्रिय सदस्य गुञ्जमान कोइराला,सोमनाथ बराल,पशुपन्छी औषधी व्यवसायी संघका केन्द्रीय सदस्य शंकर पोख्रेल,व्यवसायी संघ तनहुँकी पूर्व कोषाध्यक्ष बसन्ता श्रेष्ठ,लमजुडका व्यवसायी खगराज अधिकारी लगायतका वक्ताहरुले व्यवसायीको हकहितका बारेमा बाेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्