ब्याडमिन्टनकाे उपाधि कृष्ण र विधानको जाेडीलाई

  • ख-
  • ख+

विकास खनाल

दमौली: दमौलीमा सम्पन्न प्रथम सरस व्याडमिन्टन प्रतियोगिताको उपाधि चितवनका कृष्ण सापकोटा र विधान गुरुङको जोडीले जितेको छ।शनिबार उत्तरशिला ब्याडमिन्टन हलमा सम्पन्न बि लेभलतर्फको प्रतियोगितामा चितवन व्याडमिन्टन क्लवका सापकोटा र गुरूङले उपाधि जितेकाे सरस स्पाेर्टस हाउसका सञ्चालक एवम् अध्यक्ष सुमन श्रेष्ठले बताए ।

 व्यास-२ स्थित सरस स्पोर्टस हाउसले आयोजना गरेको प्रतियोगितामा धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडी द्वितीय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै प्रतियोगितामा चाउथे व्याडमिन्टन क्लबका सरोज गुरुङ र इसान खड्का तथा रेशम आले र विशन गुरुङ सान्त्वना भएका छन् ।

विजेताहरूले क्रमश: ३० हजार , २० हजार र ५/५ हजार नगद तथा ट्रफि र प्रमाणपत्र  पुरस्कार प्राप्त गरेका छन् । बि लेभलतर्फ ३० समूहको सहभागिता थियो ।

बि लेभलतर्फ चितवनका प्रकाश सन्ज्याल र सुन्दर प्रधानको जोडी प्रथम, तनहुँ ऋषिङका इश्वर आले र सन्तोष थापाकाे जाेडि द्वितीय भएका छन् ।

यस्तै तनहुँकै  विपीन घले र सुरज श्रेष्ठ तथा सागर थापा र सिरबहादुर आले सान्त्वना भएका छन् ।विजेताहरूले क्रमश: २० हजार , १० हजार र २५/२५ सय नगद तथा  ट्रफी र प्रमाणपत्र  प्राप्त गरेका छन् ।

सि लेभलतर्फ २० समूहको सहभागिता थियो । विजयीहरुलाई व्यास व्याडमिन्टन क्लबका अध्यक्ष जीवन गुरुङले पुरस्कार वितरण गरेकाे अध्यक्ष सुमनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्