
दमौली: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ तनहुँको चौथो अधिवेशन सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष वसुन्धरा घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै घर्तीले सबैको आवाज बोकेको सञ्चारकर्मी आफैको आवाज भने कसैले नसुनेको बताए ।
सञ्चार क्षेत्रमा लागेका साथीहरूको जिविको पार्जन समेत कठिन भएकोले राज्यको चौथो अंगलाई चलाउने पत्रकारहरू आफै जोखिममा परेको बताइन् ।
तनहुँको सन्दर्भमा आदिवासी सँग सम्बन्धित विभिन्न विधामा खोजी गर्दै कलम चलाउनु भएकोमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई धन्यवाद समेत व्यक्त गरिन् ।
सञ्चार क्षेत्रको सहयोगका कारण आदिवासी जनजाति महासंघ आज यो ठाउँमा आइपुगेको छ उनले भनिन् । कार्यक्रममा सञ्चारिका समुह अध्यक्ष सम्झना रसाइली, रिपोर्टर्स क्लव तनहुँका अध्यक्ष मदन वाग्लेले खोज पत्रकारिता आजको आवश्यकता भएको बताए ।
उनले हिजो आज सञ्चारकर्मीहरू पार्टीको पछाडि लाग्ने गरेका र पार्टीको कार्यकर्ताका रूपमा विभिन्न संगठनहरुमा बढी लागेका बताए । प्रेस सेन्टर तनहुँका अध्यक्ष सानेबहादुर नेपालीले जातजाति, भाषा, धर्म र संस्कृतिको विषयमा पनि खोजी मुलक लेख र पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्काले आजको पत्रकारिता प्रविधि मैत्री हुनुपर्ने बताए । उनले पत्रकारको धर्म र मर्मलाई सदा अनुसरण गरेर लाग्नुपर्ने बताए । उनले बढदो सामाजिक सञ्जालको कारणले धेरै पत्रकारको रोजीरोटी खोसिएकोले आजको दिनमा आफैं प्रविधि मैत्री भएर अगाडि बढ्नु पर्ने बताए । प्रेस युनियन तनहुँका अध्यक्ष अम्मरराज नहरकीले पत्रकारले एकदमै न्यूनतम पारिश्रमिकमा काम गर्नु परेकोले थुप्रै सञ्चार क्षेत्रबाट विस्थापित भएको बताए ।
पत्रकार महासंघ तनहुँकी कोषाध्यक्ष विमला दवाडीले महिला सञ्चारकर्मी साथीहरूलाई थप समस्या र अवसर भएको बताइन् । कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ की केन्द्रिय सदस्य सदस्य मिला दरैले जनजाति महासंघले सबै सबैलाई संगठित गर्ने हेतुले नयाँ र जुझारु पत्रकारहरू उत्पादन गर्न तर्फ लागेको बताइन् ।
फोनिज तनहुँका अध्यक्ष प्रताप राना मगरको फोनिज तनहुँका सचिव सुमन श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा सह सचिव ममता गुरुङ्ग ले स्वागत मन्तव्य राखेकी थिइन् ।
अध्यक्षमा किरण
नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज तनहुँको अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् ।
यस्तै समितिकाे उपाध्यक्षमा सुमन श्रेष्ठ , सचिवमा ममता गुरूङ , सहसचिवमा सुविना थापामगर र कोषाध्यक्षमा दमौली न्यूजका संजय श्रेष्ठ चयन भएको नवनिर्वाचित सदस्य नुक्त भुजेलले बताए ।
समितिकाे अन्य सदस्यहरूमा एलोज श्रेष्ठ, नुक्त्त भुजेल, करूणा थापामगर, मिलन तमाङ, दमौली न्यूजका मोहनराज आले र करिश्मा गुरूङ सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई पुर्व अध्यक्ष प्रताप गुरूङले बधाई दिँदै अाफ्नाे कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै टिमलाई धन्यवाद सँगै अाभार प्रकट गरेका छन् ।