नेपाली कांग्रेस महाधिवेशनः मन्त्री विकद्वारा दलित समावेसी केन्द्रीय सदस्यमा उम्मेदवारी

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विकले दलित समावेसीतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

१४ औं महाधिवेशनअन्र्तगत भृकुटीमण्डपस्थित निर्वाचन केन्द्रमा गएर मन्त्री विकले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्तापछि दमौली न्यूजसँग कुराकानी गर्दै मन्त्री विकले निष्ठा र त्यागको राजनीतिका लागि आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिए । उनी संस्थापनइतरको प्यानलमा परेको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्