कांग्रेसको इतिहासमै सबैभन्दा धेरै मत ल्याएर निर्वाचित सांसद गौतमद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

  • ख-
  • ख+

काठमाडौँ : कांग्रेसको इतिहासमै सबैभन्दा धेरै भोट ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित सञ्जयकुमार गौतमले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति गौतमले १४औँ महाधिवेशनअन्तरर्गत राष्ट्रिय सभागृह पुगेर खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

गौतम पार्टीको नेतृत्व परिवर्तन र पार्टीलाई विधि प्रक्रियासँग अघि बढाउनुपर्ने एजेन्डा बोकेका नेता हुन् । काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएका थिए । यो मत कांग्रेसको इतिहासमा कुनै पनि उम्मेदवारले ल्याएको सबैभन्दा धेरै मत हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्