नेपाली कांग्रेस महाधिवेशनः युवा नेता भट्टराईद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।


राजधानीको भृकृटीमण्डपस्थित अधिवेशनस्थलमा गएर भट्टराईले उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ । यस अघि सह महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरे पनि युवा नेतृत्वबीच अस्वस्थ प्रतिष्पर्धा रोक्न आएको दबाबबीच भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।


भट्टराईलाई महत्वपूर्ण जिम्मेवारी दिने विषयमा नेतृत्व सहमत भएकाले हाल खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन राजी भएको बुझिएको छ । भट्टराईले आफूलाई सघाउन सबै महाधिवेशन प्रतिनिधि, जनसम्पर्क पदाधिकारी तथा सघाउन सबै सुभेच्छुक नेता कार्यकर्तामा अपिल गरेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष भट्टराईले तरुण दलको समेत सफलतापूर्वक नेतृत्व गरिसकेका छन् । विद्यार्थी, युवा तथा प्रौढमाझ समेत लोकप्रिय भट्टराईले सबैको सहयोगमा कांग्रेसमा निष्ठा, इमान्दारिता, नैतिकता तथा संघर्षशील कार्यकर्ताको पार्टी बनाउने प्रतिवद्धता जनाएक छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्