नेपाली कांग्रेस महाधिवेशनः मुख्यमन्त्री पोखरेलद्वारा गण्डकीबाट केन्द्रीय सदस्यमा उम्मेदवारी

  • ख-
  • ख+

काठमाडौंः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश भुगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

महाधिवेशनको निर्वाचन प्रक्रियाअन्र्तगत निर्वाचन केन्द्र भृकुटीमण्डप पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।


संस्थापनइतर खेमानिकट मानिने पोखरेलले गण्डकीतर्फको खुला तीन सदस्य चुनिने पदमा उम्मेदवारी दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले चुनाव जित्ने अपेक्षाका साथ भेटघाट र प्रचारप्रसार अभियानलाई समेत तीव्र पारेका छन् ।

पोखरेल प्रजातन्त्र सेनानी गोवद्र्धन शर्मा पोखरेलका माहिला पुत्र हुन् । लोकतन्त्र स्थापनाका क्रममा पटक पटक जेलजीवन समेत गुमाएका उनले भारत प्रवासमा बीपीसँग निकट रहेर समेत काम गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्