तनहुँकी चेली गायिका कलालाई ‘लाहुरेले झुक्यायो’ (भिडियो सहित)

  • ख-
  • ख+

दमौलीः चर्चित गीतहरु पस्किएर चर्चामा आउन सफल तनहुँकी चेली गायिका कला लम्सालले दर्शकलाई दशैं कोसेली ‘लाहुरेले झुक्यायो’ गीत लिएर दर्शकमाझ आएकी छन् ।

धानको चामल धानकै चिउरा, पातली लगायतका गीतले बजार तताएपछि लकडाउनकै बेला सुटिङ गरिएको नयाँ गीतबाट कलाले निकै आशा गरेकी छन् ।
‘लकडाउनको पीर भुल्ने गरी दर्शकका लागि यो मेरो दशैं कोसेली हो,’ लम्सालले दमौली न्यूजसँग भनिन्,‘राम्रो प्रतिक्रिया आइरहेको छ ।’

उनले गीत आफ्नै च्यानलमा अपलोड गरेको दुई दिन मात्र भयो । ‘दशैंभर अझ राम्रो प्रतिक्रिया आउने आशा छ,’ उनले भनिन् ।
गीत लोक शैलीको बेग्लै स्वादको भएको र दर्शकलाई मनोरञ्जन दिने लम्सालले दाबी गरिन् ।

यस गीतमा गायिका लम्साललाई गायक बिमल परियारले साथ दिएका छन् । गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । चेतन गोताम उक्त गीतका संगीत संयोजक हुन् । गीतमा खड्ग बुढाको मादल, भुवन गन्धर्वको ढोलक र तबला बादन, सञ्जीब बराइलीको बास गिटार, गोपाल देव घतानीको बाँसुरी, धर्म गन्धर्वको सारंगी, बलबहादुर जैरीको सहनाइ वादन सुन्न सकिन्छ ।

सो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा अभिनेता गम्भिर विष्ट तथा गायिका कला लम्सालले अभिनय गरेका छन् । नवराज उप्रेतीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण भट्ट भिडियोका सम्पादक हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी