डिन कार्यालय संग विआईसिटिई कोर्ष सम्बन्धि अन्तरक्रिया

  • ख-
  • ख+

दमौली : ए.वि.आई.टि क्लब, आदिकवि भानुभक्त क्याम्पसद्धारा शिक्षा शास्त्र संकायको डिन कार्यलयमा डिन प्रा.डा. चित्र बहादुर बुढाथोकि सर र सहयक डिन डा. विष्णु खनाल सँगको विआइर्टिई प्रोग्रामको चुनोति, विद्याथीबाट आएको मुद्दा, यसमा भएको अनियमिनता र यसका चुनौतिहरुबिच अन्रतरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका वि.आई.सि.टि आठौ सेमेस्टरका विद्यार्थी कृप्टन थापाले सबै विद्यार्थीहरुको प्रतिनिधिबाट आफ्नो प्रस्तुति दिएका छन् । प्रस्तुतिमा आदिकवि भानुभक्त क्याम्पसमा विगतको सम्पुर्ण सेमेस्टर प्रणालीमा अध्ययनरत विद्याथीहरुको ड्रपआउट रेट को विवरण र यसबाट आएको चुनौती विचको छलफल, विद्यार्थीहरुले यस कोर्षबाट गरेको अपेक्षा र बास्तविकता, परिक्षा समयमै नभएको कारण, हामीले पाउने मार्कसिटको अन्योलता, नतिजा प्रणालीलाई अनलाईन मार्फत प्रसारण गर्ने जस्ता थुर्पै समस्याहरु समेटेर प्रस्तुति गरिएको थियो ।


प्रस्तुति प्रस्चात सहायक डिनले भन्नुभयो “हजुरहरुले सरल तरिकाले सबै विद्याथीको समस्याहरु हामी समक्ष ल्याएर हामीलाई अझ झक्झकाउने काम गर्नुभएकोमा धन्यवाद” । सरहरुको अनुसार अबका दिनहरुमा परिक्षा समयमै हुन्छ । जस्तै हाल तेस्रो र आठौं सेमेस्टरको कक्षा साउनबाट सुरु भएर पुस १५ गते सम्म परिक्षा फारम सकिन्छ र माघमा परिक्षा हुन्छ । उनले भने यसरी नै अरु सेमेस्टरको हामीले कार्यतालिका बनाउछौ त्यसै गरि मार्कसिटको लागि सबै काम भई सकेको र छिटै परिक्षा नियन्त्रण कार्यलयमा निर्णय भएर आउने कुरा गरे ।

पहिलाको कोर्षमा गणित विषय अत्याधिक भएको र विद्याथीहरुलाई पढनको लागि समस्या भएकोले अहिले कोर्ष परिमार्जन गरिएको बताए । कर्मचारी कम भएको र अन्य कामहरुलाई सुधारमा ल्याउनको लागि काम भईरहेकोले अनलाईन मार्फत नतिजा प्रणाली नभएता पनि छिटो नै यस कामलाई अगाडि बडाउने कुरा गर्नभएको थियो गरे ।

हामी शिक्षा शास्त्रबाट भएको र वि.आई.सि.टि कोर्ष राख्नुको कारण नै दक्ष शिक्षक बनाउने हेतुले यस कोर्ष डिजाइन गरेकोले प्रमुख अवसर शिक्षण पेशा नै हुनेछ तर पनि हामीले अन्य पेशाको लागि पनि काम लाग्ने गरि मार्कसिटमा हुने भएकोले लोकसेवा लगाएतका अन्य क्षेत्रमा पनि आवेदन दिन मिल्ने भएको कुरा अवगत गराए ।


आदिकवि भानुभक्त क्याम्पसले राम्रो नजिता ल्याउदै गरेको र विद्याथीहरुको राम्रो संगधन भएकोमा हामीलाई अझ यस कोषलाई अभिवृद्धि गर्ने सुझावहरु दिए । कार्यक्रममा क्याम्पसका आई.टि. संयोजक सुलब कुमार श्रेष्ठ सरले अझ विगतका दिनहरुमा विद्यार्थीको चाप यस विषयमा बढ्ने जस्ता कुरा राखि अन्तरक्रिया कार्यक्रमलाई अन्त्य गरेका थिए।


आदिकवि भानुभक्त क्याम्पसले राम्रो नजिता ल्याउदै गरेको र विद्याथीहरुको राम्रो संगधन भएकोमा हामीलाई अझ यस कोषलाई अभिवृद्धि गर्ने सुझावहरु दिए । कार्यक्रममा क्याम्पसका आई.टि. संयोजक सुलब कुमार श्रेष्ठ सरले अझ विगतका दिनहरुमा विद्यार्थीको चाप यस विषयमा बढ्ने जस्ता कुरा राखि अन्तरक्रिया कार्यक्रमलाई अन्त्य गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्