
दमौलीः तनहुँमा शनिबार पाँच जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा अस्पतालमा उपचारका लागि गएका व्यास ११ का १६ वर्षका पुरुष पनि छन् ।
उनी चरक अस्पतालमा उपचारका लागि गएकामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी भारतबाट आएका भीमाद १ का १७ र ३६ वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ ।
संक्रमितहरुमा शुक्लागण्डकी २ का २५ र भानु २ का २६ वर्षका पुरुष पनि छन् ।