कांग्रेस महासंग्राम र महामेला आजबाट शुरु

  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज मध्याह्न उद्घाटन गरिँदै छ।

काठमाडौंको भृकुटीमण्डपमा मध्याह्न १ बजे कांग्रेस महाधिवेशन उद्घाटन गरिने भएको छ। महाधिवेशनको सबै तयारी पूरा भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

भुकृटीमण्डपमा १५० जना अटाउने मञ्च तयार भएको छ। उद्घाटन समारोहमा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। कोरोनालाई ध्यानमा राखेर कांग्रेसले कार्यकर्तालाई पनि बोलाएको छैन। स्वतःस्फूर्त रुपमा आउनेहरु मात्रै उद्घाटन समारोहमा हुनेछ।

उद्घाटन समारोहमा मुख्य राजनीतिक दलका शीर्ष नेता तथा विदेशबाट आएका पाहुना सहभागी हुनेछन्। भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका प्रतिनिधि काठमाडौं आइसकेका छन्।

महाधिवेशनमा सहभागी हुन कांग्रेसका ४ हजार ७ सय प्रतिनिधि काठमाडौं आइसकेका छन्। प्रतिनिधिलाई बिहीबार नै केन्द्रीय कार्यालय सानेपामा झोला वितरण गरिएको थियो।

महाधिवशेनस्थल कांग्रेसका झण्डा र चुनाव चिह्न रुखले सजिएको छ। ठाउँठाउँमा स्वागत द्वार तयार गरिएका छन्।

महाधिवेशनमा सहभागी हुन कांग्रेसका ४ हजार ७ सय प्रतिनिधि काठमाडौं आइसकेका छन्। प्रतिनिधिलाई बिहीबार नै केन्द्रीय कार्यालय सानेपामा झोला वितरण गरिएको थियो।

प्रतिनिधिलाई भृकुटीमण्डपमै खाना र खाजाको व्यवस्था हुने भएको छ। बसोबासका लागि भने सुन्धाराका होटल बुकिङ गरिएको जनाएको छ।

आज उद्घाटन हुने महाधिवेशन मंसिर २७ गतेसम्म चल्नेछ। महाधिवेशनको चुनावी कार्यक्रमअनुसार, मंसिर २४ गते मतदानको नामावली प्रकाशन गरिने भएको छ।

त्यसपछि मंसिर २५ गते उम्मेदवारी दर्ता, मंसिर २६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने त्यहि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मंसिर २७ गते बिहान ८ बजेदे मतदान हुने कार्यक्रम रहेको छ।

अहिलेसम्म सभापतिमा पाँच जनाको चर्चा छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिमा दाबी गरेका छन्। यसअघि उम्मेदवार बन्ने बताउँदै आएका महामन्त्री डा. शशांक कोइरालाले सहमति भएमा पौडेललाई समर्थन गर्ने जनाएका छन्।

कांग्रेसमा एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुनेछ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

त्यस्तै, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुनेछ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्