कांग्रेस महाधिवेशन:नेता महादेव केन्द्रीय सदस्य चुनाव लड्ने

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका नेता एवं पुर्वपर्यटन राज्यमन्त्री महादेव गुरूङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल तरूण दलका पुर्व अध्यक्ष समेत रहेका गुरूङले बिहीबार उम्मेदवारी १४ औं महाधिवेशनमा योजना सार्वजनिक गरे ।

कांग्रेस संस्थापक बीपी कोईरालाका अनुयायी गुरूङले आफ्नो उम्मेदवार सार्वजनिक गर्दै नेपाली कांग्रेसलाई बीपीको विचारमा ल्याउन लड्ने दाबी गरे । नेपाली कांग्रेसले विपीको विरासत र विचार विर्सेको प्रति संकेत गर्दै नेता गुरूङले भने, ‘कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा ल्याउन मेरो उम्मेदवारी हो । ‘

भ्रष्टाचार विरोधीको छवि समेत बनाएका नेता गुरूङले कांग्रेस शु्दीकरणको अभियान पनि आफ्नो मुल मुद्दा रहेको बताए । कास्की क्षेत्र नं ३ वाट प्रतिनिधि सभा महाअधिवेशन प्रतिनिधि निर्वाचित नेता गुरूङले ईमान्दार, निष्ठावान र दुख पाएका कार्यकर्ता संरक्षण लाग्ने प्रतिवद्दता जनाए ।

कांग्रेस राजनीतिमा करिब ५ दशक विताएका नेता गुरूङलाई कांग्रेसका संस्थापक बीपी कोईरालादेखि गणेशमान, सुर्वण शम्शेर, गिरिजादेखि सुशील कोइरालासँग निकट रहेर काम गरेको अनुभव छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्