नेपाली कांग्रेस महाधिवेशनः सह महामन्त्रीको कसरतमा भट्टराई

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईल् सह महामन्त्रीका लागि छलफल र तयारी तीव्र पारेका छन् ।


नेविसंघका पूर्व अध्यक्ष तथा तरुण दलको नेतृत्वमा रहिसकेका भट्टराईले राजधानीमा आएका महाधिवेशन प्रतिनिधिहरुसँगको परामर्श र छलफललाई तीव्रता दिइरहेका छन् । उनले सह महामन्त्रीमा उम्मेदवारीका लागि जनसम्पर्क समितिहरुबाट समेत साथ पाएका छन् ।


जनसम्पर्कका अगुवाका अलावा अन्य नेता कार्यकर्ताबाट समेत प्राप्त साथ र हौसलाले आफूलाई अघि बढ्न प्रेरणा मिलेको भट्टराईको भनाई छ । उनले निष्ठाको राजनीतिको वकालत गर्दै मजबुद कांग्रेस, सुदृढ लोकतन्त्र अनि न्यायपूर्ण आर्थिक विकास नारा लिएर मैदानमा उत्रने तयारी गरेका छन् ।


राजधानीको महाराजगञ्जमा स्थापित सचिवालयमा ठूलो संख्यामा आएका नेता कार्यकर्ताले भट्टराईलाई सह महामन्त्रीका लागि शुभकामना समेत दिएकाले भट्टराई आशावादी छन् ।

संस्थापन र इतरमा समेत लोकप्रिय भट्टराई विद्यार्थी, युवा तथा प्रौढमाझ पनि लोकप्रिय ठानिन्छन् । यसले पनि उनले संस्थापनबाट टिकट पाउने आशा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्