
दमौली : पौष २९ गते देखि माघ १० गते सम्म हुने आठौं तनहुँ महोत्सवको लागि व्यास नगर पालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।
व्यास नगरपालिकाले जनाए अनुसार महोत्सवको लागि संघले जग्गा उपलब्ध गराई दिन माग गरे बमोजिम विहिबार बसेको बैठकले सोहि अनुसार जग्गा उपलब्ध गराउने निर्णय गरेको जनाईएको छ । स्रोतका अनुसार व्यास –४ र व्यास –१० को सिमानामा पर्ने माथिल्लो भतेरी उपलब्ध गराउने निर्णय गरेको हो ।
सधै विपि वनवाटीकामा हुने महोत्सव यसपालि भने अन्यन्त्र गराउने भएको छ । विगतमा गरिएको जनजाती महोत्सव पनि विपि वनवाटीका नगरी अन्यन्त्र नै गरिएको थियो ।