पहिरोले क्षति पु¥याएको भादगाउँ खानेपानी पाईपलाईनको मर्मत शुरु

  • ख-
  • ख+

दमौलीः भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी पहिरोेका कारण भत्केको खिरखाँदी क्षेत्रको पाईपलाईन मर्मत थालेको छ ।

केही दिन अघि वर्षापछि पहिरो खस्दा पाईप लाईन र मुहानमा क्षति पुगेर पानी आपूर्ति घटेको थियो ।
आयोजनाका अनुसार केही दिनभित्रै आपूर्ति सहज बनाउने गरी मर्मत भैरहेको छ ।

हाल छाब्दी र खिरखाँदी दुवै मुल क्षेत्रमा आपूर्तिमा समस्या आएकाले आयोजनाले लिफ्ट प्रविधिबाट मात्र पानी आपूर्ति गरिरहेको संस्थाका सचिव राजेश्वर हड्खलेले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी