गलकोटले उचाल्यो दोस्रो ऋषिङ अध्यक्ष कपको उपाधि

  • ख-
  • ख+

दोस्रो ऋषिङ अध्यक्ष कप खुल्ला स्तरीय पुरुष भलिबल प्रतियोतिताको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले सुरक्षित गरेको छ ।

प्रतियोतिताको बुधवार सम्पन्न फाईनलमा शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै बाग्लुङ गलकोटले दोस्रो ऋषिङ अध्यक्ष कपको उपाधि चुम्न सफल भएको हो । उक्त खेलमा स्याङ्जाको विरुवा गाउँपालिका तृतिय हुन सफल भएको थियो ।

प्रतियोतितामा प्रथम,द्धितिय र तृतिय हुन सफल खेलाडी टिमलाई क्रमस : प्रथमलाई १ लाख ४० हजार, द्धितियलाई १ लाख र तृतिय हुने खेलाडी टिमलाई ६० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी