
दमौलीः व्यास ५ पाटनमा पहिलो पटक हुन लागेको प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएको छ ।
महोत्सवका मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमीमगरले महोत्सवको तयारी करिब सकिन लागेको बताए ।
यस अघि दमौलीमा मात्र हुने परम्परा तोड्दै युवाहरुको सहभागीतामा पाटनमा महोत्सव हुन लागेको भन्दै चुमीले उत्साहपूर्वक तयारीको काम भैरहेको जानकारी दिए ।
पाटन युवा क्लबका अध्यक्ष अमर थापाले चर्चित कलाकारहरु आउने विषय पनि टुंगिएको भन्दै तयारी गर्न बाँकी काम पनि महोत्सवपूर्व सकिने जानकारी दिए ।
महोत्सवको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले शुक्रबार उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ ।