नेपाली कांग्रेस महाधिवेशनः संस्थापनइतरको भेलामा जीतप्रकाश

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका निर्वाचित सभापति जीतप्रकाश आले संस्थापनइतर समूहको भेलामा सहभागी भएका छन् ।

राजधानीको गौशालास्थित अनुपम ब्यांक्वेटमा जारी समूहको भेलामा आले उपस्थित भएका हुन् ।
संस्थापन खेमाबाट निर्वाचित भए पनि आले व्यक्तिगत रुपमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि रेशम गुरुनले आले बैठकमा सहभागी भएको पुष्टि गरे ।

यस अघि उनलाई राजधानी आएका बेला पौडेलले बोहराटारस्थित आफ्नो निवासमा सम्मान पनि गरेका थिए ।

पौडेलनिकट भए पनि संस्थापनको साथमा चुनाव जितेका आलेले गुट फेरेका हुन् वा पौडेलप्रति सदासयता देखाएका हुन्, त्यो भने केही समयका घटनाक्रमले बताउनेछन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्