दोश्रो ऋषिङ अध्यक्ष कपः उपाधिका लागि गलकोट र शुक्लागण्डकी भिड्ने

  • ख-
  • ख+

ऋषिङ : दोश्रो ऋषिङ कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट र शुक्लागण्डकीबीच प्रतिष्पर्धा हुने भएको छ ।

झापुटारस्थित शुक्ला माविको प्रांगणमा हुने फाइनलमा उपाधिका लागि दुई टिम भिड्न लागेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

गत वर्षबाट शुरु अध्यक्ष कप भलिबल यस क्षेत्रकै प्रतिष्ठित मध्येमा पर्छ । दिउँसो १ बजे पछि हुने फाइनलपश्चात गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठबाट पुरस्कार वितरणको कार्यक्रम
छ ।

प्रतियोगितामा प्रथम , दोश्रो र तृतीय हुने टिमलाई क्रमशः १ लाख ४० हजार , १ लाख र ६० हजार छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी