कांग्रेस महाधिवेशनः युवा नेता भट्टराईद्वारा सह महामन्त्रीको तयारी

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले १४ औं महाधिवेशनमा सह महामन्त्री पदमा चुनाव लड्ने तयारी थालेका छन् ।


नेविसंघका पूर्व अध्यक्ष समेत रहेका र युवा तथा पुराना नेता कार्यकर्तामाझ निष्ठावान र स्वच्छ छवि बनाएका भट्टराई त्यसैको आधारमा कांग्रेसमा सक्षम नेतृत्व स्थापना अभियानमा लागेको बताउँछन् ।


‘महामन्त्रीमा पनि उहाँ लड्न सक्नुहुन्छ,’ उनी निकट श्रोतले भन्यो,‘तर सम्भावना भएका नछुटुन् भनेर उहाँ सह महामन्त्रीसम्म कम्प्रमाइज गर्ने मनस्थितीमा हुनुहुन्छ ।’


देश तथा विदेशबाट आएका प्रतिनिधिले आफूलाई जिम्मेवार पदमा लड्न सुझाव दिएकाले सह महामन्त्रीमा तयारी थालेको उनीनिकट नेताहरुको भनाई छ । ‘महामन्त्रीमा पनि उहाँ लड्न सक्नुहुन्छ,’ उनी निकट श्रोतले भन्यो,‘तर सम्भावना भएका नछुटुन् भनेर उहाँ सह महामन्त्रीसम्म कम्प्रमाइज गर्ने मनस्थितीमा हुनुहुन्छ ।’


जनसम्पर्क समन्वय विभागको प्रमुखका रुपमा कोभिडका बेला समेत संगठन विस्तारमा सक्रिय भट्टराईले धेरै देशको विवाद समाधान गरिसकेका छन् ।

विद्यार्थी, तरुण हुँदै मुलधारको पार्टी राजनीतिमा सक्रिय भट्टराईले सार्वजनिक फोरमहरुमा युवा मात्र नभनेर क्षमताका आधारमा स्थान पाउनुपर्ने र दाबी गर्नुपर्ने बताउने गरेका छन् ।
सम्भवतः बुधबार उनले उम्मेदवारी घोषणा गर्ने सचिवालय श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्