कांग्रेस महाधिवेशनः निष्ठाको राजनीतिको वकालत गर्दै मन्त्री विकद्वारा प्रचार शुरु

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले केन्द्रीय सदस्यका लागि प्रचार थालेका छन् ।


यस अघि मन्त्री बन्ने चर्चामा रहे पनि दोश्रो पटकमा मन्त्री बन्न सफल विकले पार्टीमा निष्ठाको राजनीति गर्नेलाई स्थान दिनका लागि भन्दै सबै सुभेच्छुकसँग मत माग्न थालेका छन् ।


यस अघि दलित आयोग लगायतका दलित हक अधिकारका निकायमा रहेर काम गरिसकेका विकले दलित क्षेत्रको सिटबाट केन्द्रीय सदस्य चुनाव लड्न लागेका हुन् ।

‘मेरा सम्पत्ति नै मैले निष्ठाबाट कमाएको राजनीति र तपाईंको माया हो,’ विकले महाधिवेशन प्रतिनिधिहरुसँगको भेटमा भनेका छन्,‘र, मेरो जित्ने आधार पनि यही हो । ’

विकले पार्टीमा निष्ठा र त्यागको राजनीति कमजोर हुन लागेको भन्दै आफूले दलित अधिकारका अलावा त्यस विषय प्राथमिकतामा राख्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्