म्याग्देको रक्तदानमा १५ महिलाको रक्तदान

  • ख-
  • ख+

म्याग्दे : लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ जना महिलाले रक्तदान गरेका छन् ।

महिला लक्षित रक्तदान कार्यक्रम अन्तर्गत राखिएको रक्तदान कार्यक्रममा महिलाहरूको उत्साहजनक सहभागीता रहेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।

धेरै ठाउँमा रक्तदान कार्यक्रममा महिलाहरूको उपस्थिति न्यून हुने पाएको तर महिलाहरू लाई नैं रगत बढि चाहिने बाध्यकारी अवस्था आउने भएकोले यस किसिमको कार्यक्रम राखिएको अध्यक्ष रानाको भनाइ छ ।

अधिक रक्तश्राव , प्रसुति , मुटु , मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई रगतको अत्यन्तै आवश्यकता पर्ने हुँदा रक्तदान कार्यक्रम राखिएको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।


‘खुल्ला रक्तदान हो तर महिला केन्द्रित गरेका थियौं , जसले गर्दा धेरै भन्दा धेरै महिलाहरूको सहभागिता रह्यो’, प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

अनिच्छित गर्भधारण , गर्भपतन आदि समस्याका बेलापनि महिला लाई रगतको आवस्यकता पर्ने हुँदा महिला सहभागीताको लागि व्यापक प्रचारप्रसार गरि कार्यक्रम गरेका हौं गाउँपालिकाकी महिला शाखा प्रमुख सारदा गैह्रेले बताइन् ।

महिला केन्द्रित भए पनि खुल्ला रक्तदान भएकोले रक्तदान गर्न २७ जना पुरूषहरूको पनि सहभागीता रहेको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । महिला पुरूष गरि ४२ जनाले रक्तदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी