नेपाली कांग्रेस महाधिवेशनः शशांकले छाडेपछि पौडेल सभापति उम्मेदवार बन्लान् ?

  • ख-
  • ख+

काठमाडौंः गणेशमानपुत्र प्रकाशमान सिंहको निवास चाक्सीबारीमा रस्साकस्सी र बेग्ला बेग्लै अनि सामूहिक छलफलपछि संस्थापनइतरबाट सभापतिका बलिया दाबेदार डा. शशांकले वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षमा दाबेदारी त्यागेको खबरले एकाएक कांग्रेसी राजनीति राजधानीको चिसोका बाबजुद तातेको छ ।


तर, यसैबेला यत्तिले मात्र पौडेल इतरको साझा सभापति उम्मेदवार बन्न सक्लान् कि नसक्लान् भन्ने प्रश्न पनि ब्युँतिएको छ । स्वभावैले समूहका वरिष्ठ नेताका हैसियतले पौडेल प्रबल दाबेदार हुन् ।

बैठकमा पौडेलले कोइरालालाई उनले दाबी त्यागेमा अरु आकांक्षी सेखर तथा प्रकाशमानलाई व्यवस्थापन गर्ने बचन दिए पछि शशांकले ‘तपाइंका लागि हो भने छाड्न तयार छु ‘भनेको श्रोतको दाबी छ ।

मंगलबार निष्कर्षविहिन भए पनि बुधबार फेरि बसेर उम्मेदवारी मनोनयन अघि समूहको साझा उम्मेदवार तय गर्ने पौडेलले सार्वजनिक बचन दिएका छन् । यसले १४ औं महाधिवेशनमा पुनः पौडेल सभापति उम्मेदवारका रुपमा उत्रने सम्भावनालाई बल दिएको छ ।

यसले पौडेललाई केही राहत र विश्वास दिए पनि उनका सामु जसरी पनि चुनाव लड्ने भनी घोषणा गरेका संस्थापनइतरमा प्रभाव जमाएका डा. शेखर र प्रकाशमानको मन जित्न धेरै पापड पेल्नुपर्ने देखाएको छ ।


तर, मंगलबारको छलफलमा शशांक तयार भए पनि अरु पौडेललाई छाड्न तयार देखिएका छैनन् ।

यसले पौडेललाई केही राहत र विश्वास दिए पनि उनका सामु जसरी पनि चुनाव लड्ने भनी घोषणा गरेका संस्थापनइतरमा प्रभाव जमाएका डा. शेखर र प्रकाशमानको मन जित्न धेरै पापड पेल्नुपर्ने देखाएको छ ।

अनि सँगै टिकट पाएमा सत्ता र पार्टी दुवैको नेतृत्वकर्ता र गुटमा बलियो प्रभाव बनाएका शेरबहादुर देउवालाई पछारेर जित्नुपर्ने चुनौती पनि उनीसामु थपिएको छ ।

देशको राजधानीको केन्द्र भृकुटीमण्डप आसपासका अबका केही दिन यसकै सेरोफेरोमा केन्द्रीत हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी